केराको घुन (गबारो)

केराको घुन (गबारो)

केरा, नेपाली समुदायमा प्रमुख फलफुल बालि मानिन्छ | धेरै प्रचलनमा आउने केरा , तराई देखी  पहाडसम्म करेसाबारीका रुपमा यत्रतत्र खेती गरिएको पाइन्छ भने कैलाली , चितवन , नवलपरासी, बर्दिया मोरंग, सुनसरी जस्ता जिल्लाहरुमा ब्यबसायिक खेति गरिएको देखिन्छ| धेरै जमिन भएकाले मात्र केरा खेति गर्नसक्छन भन्ने मान्यतालाई हटाउदै थोरै जमिन भएका किसानहरुले समेत यो व्यवसाय अंगाल्न सक्छन| हालको बदलिदो समयमा आधुनिक प्रबिधि अनुसार व्यावसायिक खेति प्रणालीको आवस्यकता भैसकेको देखिने हुदा, परम्परागत खेति प्रणालीमा सुधार गरिनुपर्ने देखिन्छ र विभिन्न किसिमका बालि मध्ये केरा बढी फस्टाउने र बढी फाइदा लिन सकिने नगदे बालीमा पर्दछ|                       pexels-photo-214158.jpeg

केराको बगैचामा विभिन्न रोग र किराहरुको आक्रमणले क्षति पुर्याएको देखिन्छ|किराहरुमा लाही किरा (एफिड), थ्रिप्स, गबारो (थाम र गानोमा लाग्ने) र नीमाटोड देखिने गर्दछ भने रोगहरुमा पानामा विल्ट अर्थात ओइलाउने रोग, सिगाटोका लिफ स्पोट (पातमा थोप्लो आउने रोग), बन्ची टप वाइरस (पात गुज्मुजिने रोग) केरामा देखिन्छन्|

केरामा देखिने किराहरु मध्ये केराको घुन अर्थात गबारो मुख्य मानिन्छ | रातमा सक्रिय र सुक्खा अवस्था सहन नसक्ने बस्यक घुन १०-१५ मि.मि. लामो र कालो रंगको हुन्छ | यो किरा उड्न नसक्ने हुनाले संक्रमण भएको बोटको माध्यमबाट मात्र यो किराको फैलावट एक क्षेत्रबाट अर्कोमा हुन्छ | यो किरा १-४ वर्ष सम्म बाच्न सक्दछ र हप्तामा एउटा मात्र अण्डा पार्ने गर्दछ जुन केराको थाम र गानोमा देखिन्छ |यसको लार्भाले पनि गानो र थाममा आक्रमण गर्दछ | यस किराको आक्रमणले गर्दा ४०-४५% बढी केराको बोटहरु नोक्सान भएको पाइन्छ |

लक्षण:

यस किराको आक्रमणले नयाँ जराहरु ननिस्कने, भएका जराहरु मर्ने जसले गर्दा बिरुवाले प्रशस्त  खाध्यतत्व लिन नसक्ने हुदा बोटको वृद्धि बिकास कम हुने, ढिलो फल्ने र रोग किराको सजिलै आक्रमण हुनसक्छ र त्यसैगरी केराको बोट ढल्ने, मर्ने, घरिको तौल कम हुने कारणले गर्दा उत्पादनमा कमि आउछ |

pic1                     pic2

फोटो: फल उत्पादनमा कमि                                               फोटो: नबढेको सकर

                                               

ब्यबस्थापन

जैविक तरिकाबाट यो किराको न्यूनीकरण गर्नको लागि, सकर रोप्नुभन्दा पहिला २०% निमको झोलमा डुबाएर रोपेमा सकरमा घुनको आक्रमण हुदैन| त्यसैगरी रसायनिक विषादिमा १०-१२ ग्राम प्रतिबोट कर्बोफ्यूरानको गेडा प्रयोग गर्न सकिन्छ |

केरा खेति गर्ने किसानले सबैभन्दा पहिला रोग र कीराबाट संक्रमित नभएको सकर छान्नुपर्दछ |ब्यबसायिक रुपमा केरा खेति गर्दा टिस्युकल्चरबाट उत्पादित बोट रोप्दा रोग र किराको आक्रमणबाट बच्न सकिन्छ | टिस्युकल्चर गरिएको बेर्ना नपाएमा किसानहरुले गानो तयार गर्दा त्यसमा भएका घुन किराका अन्डा र लार्भाहरुलाई पूर्ण रुपमा हटाउनु पर्दछ | घुन तथा निमाटोडको नियन्त्रणको लागि सकर गानोलाई तातो पानिमा उपचार गर्ने गरिन्छ |हसियाले ताछेर रोप्नका लागि ठिक्क पारेको सकरको गानोलाई ५२-५५ डिग्री सेंटीग्रेड तातो पानीमा १५-२५ मिनेटसम्म डुबाएर उपचार गर्ने गरिन्छ |  यो विधिले ५०-७५% किराको लार्भालाई मार्दछ र केरा बगैचाको सरसफाइमा पनि ध्यान गरेर केराको घुनबाट बिरुवालाई बचाउन सकिन्छ |

”सकेसम्म रासायनिक विषादिको न्यूनीकरण गरि जैविक पद्धतिबाट खेति गरेर वातावरण र मानव स्वास्थ्यलाई जोगाउन लागि परौँ |

 

egg        pupa

१ ) फोटो: अन्डा                                                                                   ३) फोटो : प्युपा

 

 

larvaadult

२) फोटो: लार्भा                                                                      ४)फोटो: वस्यक

 

AGRICULTURE WITH GENDER BIAS

ImageThe picture represents the agriculture practice in rural areas of NEPAL, which also shows not only the difficulties in agriculture but also the gender bias due to the patriarchal system and poverty. Agriculture has been main occupation in Nepal, but due to lack of knowledge and technologies and poverty it has been curse.

Beijing Conference 1995 has declared and committed to equal right and inherent human dignity but it’s been near to two decades of commitment, when will such women get their rights? In fact, it is neither the fault of these women nor the man to be unknown of human rights because they are following their culture and tradition which has been practiced since many many years. The direct finger points to the government, donor and the stakeholders who flow their donations to ‘haves’ but doesn’t reach to ‘haves not.’